बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सोमबार सुनाइएको मृत्युदण्डको फैसलाप्रति १०२ पत्रकारले आपत्ति जनाएका छन् ।
बंगलादेशभित्र तथा बाहिर रहेका ती पत्रकारहरूले साझा विज्ञप्ति जारी गर्दै फैसलाप्रति कडा असन्तोष व्यक्त गरेका हुन् । उनीहरूका अनुसार स्वतन्त्र र निष्पक्ष न्याय सुनिश्चित हुनु पर्नेमा पर्याप्त प्रमाणबिनै प्रारम्भिक चरणमै फैसला सुनिनु र बाह्य निर्देशको प्रभाव देखिनु स्वीकार्य छैन ।
पत्रकार मात्र होइन, हसिनाको दल अवामी लिगका समर्थकहरूले पनि मंगलबार विश्वभर विरोध प्रदर्शन गरी मृत्युदण्डको विरोध जनाएका छन् ।




