April 19, 2026, Sunday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ को मृत्यु, १४ घाइते

220

कल्की संवाददाता
२०८३ बैशाख ६

काठमाडौँ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

बनगाड कुपिण्डे नगरपालिकाकै नम्बर वडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएका सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

मृत्यु हुनेहरूमा कुपिण्डे नगरपालिका-८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापा रहेका छन्। जिपमा १८ जना सवार थिए। तीमध्ये १४ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरे सुर्खेतको मेहेलकुना अस्पताल पठाइएको छ।