April 19, 2026, Sunday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

ओली र देउवाले स्टेप चालेसँगै संसद पुनःस्थापनाकाे संकेत

895

कल्की संवाददाता
२०८२ पुष ८

फागुन २१ गते निर्वाचन गराउने तयारीमा रहेकी सुशीला कार्की प्रधानमन्त्री पद नै धरानमा परेसँगै ठूलो तनावमा परेकी छन् । संसद पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट दर्ता गराएको एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षर संकलन गरेर अदालतमा बुझाएसँगै संसद पुनःस्थापना हुने उच्च सम्भावना बढेको छ ।

स्रोतका अनुसार पुस अन्तिमसम्म विघटित प्रतिनिधिसभा पुनःस्थापना गरी जेनजीसहितको सर्वपक्षीय सरकार गठन गर्ने र आगामी फागुन २१ गते तोकिएको निर्वाचनको सार्ने विषयमा सरकारसँग असन्तुष्ट रहेका ठूलै जेनजी समूह र प्रमुख राजनीतिक शक्तिहरु जोडतोडले जुटेसँगै सहमति नजिक पुगेका छन् । उनीहरुबीच विश्वासको आधार तय गर्न सहमतिको एउटा खाका समेत तयार भइसकेको उच्च स्रोतको दाबी रहेको छ । सरकारसँग रुष्ट रहेको एमाले, कांग्रेस र एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले संसद पुनःस्थापना गर्ने पक्षमा सबैतिर कुरा गरिरहेका छन् ।

मस्यौदामा पुनःस्थापित संसदले सरकार गठनसम्बन्धी संविधानको धारा ७६ संशोधन गरी प्रतिनिधिसभा बाहिरको व्यक्ति पनि प्रधानमन्त्री र मन्त्री हुन पाउने व्यवस्था गर्नेछ । जेनजीका प्रतिनिधिलाई मन्त्री बन्न कुनै बाधा हुने छैन् । प्रधानमन्त्री नागरिक समाजको विवादरहिद र स्वच्छ छविको व्यक्तिलाई बनाउने सहमति भएको छ । जेनजी आन्दोलनपछि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएर संसद विघटन गर्न मुख्य भूमिका खेलेका सुदन गुरुङले समेत केही दिन अघि कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रममा जेनजीको माग सम्बोधन गर्न सहमतिमै संसद पुनःस्थापना गर्न सकिने बताएका थिए ।

अहिले नयाँ बाहेक हरेक पुराना दलहरुले चुनावमा जानु भन्दा संसद पुनःस्थापना गर्दा आफू सुरक्षित हुने विश्लेषण गरिसकेको छ । संसद पुनःस्थापनाले फेरि शक्ति आर्जन हुने भएको गर्दा धेरै जसो राजनीतिक दलहरु प्रतिनिधि पुनःस्थापना गरेर आफ्नो पक्षमा सहयोग गर्न सक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाएर चुनावमा जाने रणनीतिमा रहेका छन् ।