अवतार तीनको विश्व बक्स अफिसमा धमकेदार प्रवेश, पहिलो हप्तामै ३४५ मिलियन डलर कमाई
हलिउड निर्देशक जेम्स क्यामरुनको बहुप्रतिक्षित विज्ञान–कथा (साइ–फाइ) फिल्म श्रृंखला ‘अवतार’को तेस्रो भाग ‘अवतार: फायर एन्ड ऐश’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमै विश्वभरका दर्शकलाई सिनेमाघरतर्फ आकर्षित गरेको छ। यो फिल्मले अमेरिकामा मात्र करिब ८८ मिलियन डलर आम्दानी गर्दै सशक्त सुरुवात गरेको छ। यद्यपि विश्लेषकहरूले पहिलो सप्ताहन्तमै १०० मिलियन डलरभन्दा बढी कमाइ हुने अनुमान गरे पनि फिल्मको ओपनिङ...