April 21, 2026, Tuesday
२०८३ बैशाख ९
Nepal 1:37:26 pm
Trending

“संसारको सबै भन्दा भाग्यमानी त्यो हो, जसले आमासँग बस्न पाउँछ : अभिनेता रमित ढुंगाना, भन्छन्”

1.2K

कल्की संवाददाता
२०८२ मंसिर १९

अमेरिको ग्रिन कार्ड छोडेर नेपालमा आमाको सेवा गरिरहेका नायक : रमित ढुंगाना, भन्छन् : “संसारको सबै भन्दा भाग्यमानी त्यो हो, जसले आमासँग बस्न पाउँछ। यो संसारमा आमा बाहेक मेरो कोहि छैन।”

यी हुन् नेपाली अभिनेता रमित ढुंगाना, जसले अमेरिका छाडेर आमाको सेवामा जीवन समर्पण गर्ने निर्णय गरेका छन्। धेरै वर्ष अमेरिकामा बसेका रमित आमाको स्वास्थ्य कमजोर भएपछि नेपाल फर्किन बाध्य भए। उनले आमासँग बस्नु नै जीवनको सबैभन्दा ठूलो सौभाग्य भएको बताउँछन्। रमित भन्छन्, “संसारको सबैभन्दा भाग्यमानी त्यो हो, जसले आमासँग बस्न पाउँछ। यो संसारमा आमा बाहेक मेरो कोही छैन।” उनका अनुसार विदेश भन्दा ठूलो घर आमाको काख हो र मायाको अनुभूति त्यहीँ भेटिन्छ। उनको यो निर्णयले परिवारप्रतिको जिम्मेवारी र संस्कारबारे सबैलाई प्रेरणा दिएको छ, विशेष गरी विदेशमा रहने युवाहरूलाई।