मिस नेपाल ताजको होइन, प्रभाव र नेतृत्वको यात्रा हो : अजय रत्न स्थापित
काठमाडौं । द हिडन ट्रेजर प्रालिका अध्यक्ष अजय रत्न स्थापितले मिस नेपाल २०२६ का फाइनलिस्टहरूलाई नेपालका राजदूतका रूपमा आफूलाई प्रस्तुत गर्न आग्रह गरेका छन्। मंगलबार आयोजित कजरिया मिस नेपाल २०२६ ‘स्याश सेरेमोनी’ कार्यक्रममा बोल्दै स्थापितले प्रतियोगीहरूले अब व्यक्तिगत पहिचानभन्दा माथि उठेर नेपाल, नेपाली विविधता, लचिलोपन र आशाको प्रतिनिधित्व गर्ने बताए। ‘तपाईंहरू विभिन्न प्रदेश, भाषा र...