April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
Trending

विजय केरुङद्वारा निर्देशित फिल्ममा अभिनेता सुशील एक्सन अवतारमा

1.1K

कल्की संवाददाता
२०८२ मंसिर २४

काठमाडौँ – दिव्यासी फिल्म्स्को ब्यानरमा बनेको फिल्म परिवर्तनको दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य सात कलाकारलाई आ– आफ्नै क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ।

पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाइएको छ। घाइते अवस्थामासमेत उनी लडाइ“को मैदानमा दुश्मनमाथि बन्दुक ताकेर उभिरहेका छन्, जसले उनको पात्र परिवर्तनका लागि सर्वस्व गुमाउन तयार रहेको संकेत गर्छ।
अञ्जना बराइली यसपटक प्रहरी इन्स्पेक्टरका भूमिकामा देखिएकी छन्।

उनको कडा नजरले अपराध अनुसन्धानमा जिम्मेवारी र न्यायप्रतिको प्रतिबद्धता झल्काउ“छ। त्यस्तै, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि क्यारेक्टर लुक्समै पोस्टरमा प्रस्तुत गरिएको छ। पोस्टरले विशेषगरी अञ्जना बराइलीलाई दर्शकले यसअघि नदेखेको फरक अवतारमा पाउने स्पष्ट संकेत दिएको छ।

विजय केरुङद्वारा निर्देशित फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङलगायत कलाकार प्रमुख भूमिकामा छन्। दीपक सिवाकोटीको कथा तथा निर्माणमा तयार भएको फिल्ममा पटकथा र संवाद शिवम् अधिकारीको रहेको छ।