April 19, 2026, Sunday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

लेखक बयान दिन जाने भएपछि ओलीलाई पर्‍यो ठूलो संकट

715

कल्की संवाददाता
२०८२ पुष ११

काठमाडौँ । जेनजी आन्दोलनका तत्कालिन गृहमन्त्री रमेश लेखकले आफूलाई पत्र पठाएको कारण बयान दिन जाने निर्णय गरेसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ठूलो संकटमा परेका छन् । बयान दिन बाँकी दुई जना मध्ये रमेश लेखकलाई जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले पत्र पठाएसँगै पार्टी भित्र छलफल गरेसँगै बयान दिन आफू जाने रमेशले बताएका छन् ।

रमेशको बयान सकिएसँगै ओलीलाई बयान दिन बोलाउने जाँचबुझ आयोगको तयारी छ । बयान दिन नजाने अड्डी कसेका ओली एक्लिएसँगै बयान दिन जानुपर्ने ठूलो दबाबमा रहेका छन् । केही समय अघि गुण्डुमा आफूलाई भेटन आउदा रमेशलाई ओलीले बयान दिन नजान सुझाब दिएका थिए । तर पार्टी भित्रबाटै ठूलो संख्यामा नेताहरुले बयान दिन जानु भन्ने दबाब दिएपछि सोमबार आफू बयान दिन जाने रमेशले बताएका छन् । रमेशपछि बयानका लागि बोलाउन पत्र पठाएपनि ओली नआएको खण्डमा के गर्ने भन्ने विषयमा जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्यालसँग गम्भीर छलफल गरिरहेको छ ।