April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

बेलायती र क्यानेडियन नागरिकलाई बिना भिसा ३० दिनसम्म बस्न दिने चीनको घोषणा

425

कल्की संवाददाता
२०८२ फाल्गुन ५

काठमाडौँ । चीनले बेलायती र क्यानेडियन नागरिकहरूले भिसा बिना चीन भ्रमण गर्न र त्यहाँ ३० दिनसम्म बस्न सक्ने सुबिधा दिने घोषणा गरेको छ ।चीनको विदेश मन्त्रालयले पर्यटन, व्यवसाय र परिवार र साथीभाइलाई भेट्न देशमा भिसा-मुक्त प्रवेश अनुमति दिइने बताएको छ । यो नीति यस बर्षको डिसेम्बर ३१ सम्म लागू रहनेछ ।गत महिना बेलायती प्रधानमन्त्री केयर स्टारमरले चीनको भ्रमण गरे र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए, जसको क्रममा यात्रा नियमहरू सहज बनाउन सम्झौता भएको थियो ।

प्रधानमन्त्री केयर स्टारमरले यो सम्झौताले चीनमा व्यवसाय विस्तार गर्न सजिलो बनाउने बताएका थिए ।त्यस्तै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि हालै चीनको भ्रमण गरेर सम्बन्ध सुधारको संकेत गरेका थिए ! यद्यपि, आलोचकहरूले बेइजिङसँग सम्बन्ध सुधार गर्ने प्रयासमा मानव अधिकार र राष्ट्रिय सुरक्षा सरोकारहरूलाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।