कल्की संवाददाता काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले देश जलाउनेका विरुद्ध जाने राजनीतिक दलहरूसँग चुनावी सहकार्य गरेर जाने पार्टीको नीति रहेको खुलासा गरेका छन् । साथै उनले त्यस्ता दलहरूसँग छलफल समेत भइरहेको बताएका छन् । बुधबार एमाले पार्टी कार्यालय च्यासलमा गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष थापाले यस्तो खुलासा गरेका हुन् ।
‘देश जलाउनेहरूका विरुद्ध हुने दलहरूसँग चुनावी सहकार्य सकिन्छ भन्ने पार्टीको नीति छ’, बादलले भने, ‘१६५ निर्वाचन क्षेत्रहरूमध्ये जहाँ जहाँ देश जलाउनेहरूका विरुद्ध जान तयार हुने दलहरू छन् । दुवै पक्षको हित हेरेर निश्चित निर्वाचन क्षेत्रमा वीन वीनको अवस्थामा सहकार्य हुनसक्छ ।’
यसै क्रममा जनार्दन शर्मा र बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टी प्रलोपासँग सहकार्यका लागि सहमति भएको उपाध्यक्ष थापाको भनाइ छ । ‘अरुसँग पनि कतिपय निर्वाचन क्षेत्रमा सहकार्य हुनसक्छ । त्यसबारे छलफल पनि भइरहेको छ’, थापाले भने, ‘फागुन २१ अघिसम्म सबै पक्षहरुबाट प्रयत्न जारी रहन्छ र अन्तिम समयमा केही ठाउँहरूमा सहकार्यका लागि सहमति हुनसक्छ ।







