April 19, 2026, Sunday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

कांग्रेसको देउवा समूहले दायर गरेको रिटको पेसी आज

750

कल्की संवाददाता
२०८२ माघ ६

काठमाण्डौ – नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ । अस्ति आइतवार रिट दर्तासँगै सर्वोच्च प्रशासनले पेसी आजका लागि तोकेको थियो ।

देउवा पक्षबाट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराउनुभएको थियो । गगन थापा र विश्वप्रकाश शर्मा समूहले दोस्रो विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद छ । दुवै पक्षबाट सर्वोच्च अदालतको निर्णयलाई अन्तिम मानेर जाने आन्तरिक सहमत भएको नेताहरुको दाबी छ । आज आउँदो चुनावका लागि उम्मेदवारी दर्ता हुँदैछ । तर कांग्रेसले अहिलेसम्म सबै क्षेत्रको टिकट बाँडफाँट गरिसकेको छैन ।