April 19, 2026, Sunday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

मार्बल बोकेको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै ५ को मृत्यु

375

कल्की संवाददाता
२०८२ माघ १

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा बिहीबार ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–१ का ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रहमदेव गुरुङ, ५० वर्षीय टङक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा बर्जु गाउँपालिका–१ का सुन्दर गुरुङ, बैजनाथ गुरुङ र मानबहादुर गुरुङ घाइते भएका छन् । विराटनगरबाट मार्बल बोकेर हुलाकी राजमार्ग हुँदै राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको उनले बताए । ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका पाँच जना कामदार मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको डीएसपी खड्काले बताए ।

दुर्घटनामा घाइतेका भएकालाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।