April 19, 2026, Sunday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

राप्रपा ले गर्यो रविकिरण हमाललाई सुर्खेत-१ बाट चुनावका लागि सिफारिस

720

कल्की संवाददाता
२०८२ पुष २४

सुर्खेत । जेनजी आन्दोलनबाट उदाएका युवा नेता रविकिरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । व्यथिति, कुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका हमाल पछिल्लो समय जेनजी आन्दोलनमा अग्रणी भूमिकामा देखिएका थिए ।

उनी राप्रपाको केन्द्रीय सदस्य हुन् । यस्तै भूपेन्द्रबहादुर देवकोटालाई पनि सिफारिस गरिएको छ । यद्यपि युवाहरू माझ चिनिएका हमालले टिकट पाउने सम्भावना छ । यो क्षेत्रबाट एमालेले ध्रुव शाही, कांग्रेसले पूर्णबहादुर खड्का र नेकपाले जीतबहादुर रानालाई उम्मेदवार बनाएको छ ।