April 19, 2026, Sunday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

स्वतन्त्र रहेनन् बालेन, रास्वपा सँग सहमति, भावी प्रधानमन्त्रीका रूपमा अघि सारिने

860

कल्की संवाददाता
२०८२ पुष १३

काठमाडौं — काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा विशाल जित हासिल गरेका बालेन्द्र शाह (बालेन) अब राजनीतिक दलमा आबद्ध भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित हुने सहमति गरेका छन्।

आइतबार बिहान भएको सहमतिअनुसार बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने योजना बनाएको छ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता हुने अवसर आए बालेनलाई प्रधानमन्त्रीका लागि अघि सारिने सहमति भएको हो।

दुवै पक्षबीच सहमतिमा पार्टीको नाम रास्वपा र चुनाव चिन्ह ‘घण्टी’ नै रहने उल्लेख गरिएको छ। बालेनले मेयर हुँदा स्वतन्त्र उम्मेदवारीका लागि ‘लाैरो’ चुनाव चिन्ह प्रयोग गरेका थिए। यसपटक नयाँ दल खोलेर चुनाव लड्ने विकल्पमा रहे पनि अन्ततः रास्वपामा समाहित भएर अघि बढ्ने निर्णय लिएका छन्।

सहमति पत्रमा रवि लामिछाने र बालेनको हस्ताक्षर रहेको छ। सहमतिपत्र सार्वजनिक भएपछि बालेनले फेसबुकमा ‘घण्टी’ बजाएको इमोजीसहित शुभ प्रभात लेख्दै आफू सहमतिपत्रमा हस्ताक्षर गरेको जानकारी दिएका छन्।