April 24, 2026, Friday
२०८३ बैशाख ११
Nepal 1:37:26 pm
Trending

धमाधम सार्न थालियो थापाथली सुकुम्बासी बस्तीको सर-सामान

235

कल्की संवाददाता
२०८३ बैशाख ११

काठमाडौँ । सरकारले बागमती नदी किनारमा रहेको सुकुमबासी बस्ती हटाउन अल्टिमेटम दिएसँगै धमाधम समान सार्न थालिएको छ ।  शनिबार र आइतबार डोजर चलाउने तयारीसँगै यो बस्ती खाली गर्न सरकारले आज साँझ ७ बजेसम्मको अल्टिमेटम दिइएको थियो ।

सरकारको निर्देशन पाएसँगै प्रहरीले बिहीबार साँझ माइकिङ थालेको थियो। सुकुमबासीहरुलाई शुक्रबार साँझसम्म बस्ती छाड्न भनिएको छ। सरकार पछि हट्ने संकेत नदेखिएपछि अधिकांश सुकुमबासीले समान सार्न थालेका हुन् ।

शनिबार र आइतबार थापाथलीमा क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाउने सरकारको तयारी छ ।