April 24, 2026, Friday
२०८३ बैशाख ११
Nepal 1:37:26 pm
Trending

‘गरिबको उठिबास नलगाऊ भन्दै’ थापाथलीमा सुकुम्बासीको प्रदर्शन

220

कल्की संवाददाता
२०८३ बैशाख ११

काठमाडौं । सरकारले तत्काल बस्ती छाड्न आग्रह गरेपछि त्रिपुरेश्वर तथा थापाथली क्षेत्रका सुकुम्बासीहरू विरोध प्रदर्शनमा उत्रिएका छन् ।
बिहीबार साँझ माइकिङ गरेर २४ घण्टाभित्र बस्ती छाड्न आग्रह गरिएपछि सुकुम्बासीहरू शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनकारीहरूले आफ्नै चुनावी वाचापत्र पढ्न, जबरजस्ती उठिबास लगाउने कार्य बन्द गर्न तथा गरिबमाथि अन्याय नगर्न आग्रह गर्दै नाराबाजी गरिरहेका छन् ।
सरकारले शनिबार बिहानबाट सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेको छ । हालका प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयर छँदै सुकुम्बासी बस्ती हटाउन प्रयास गरेका थिए । उनले तत्कालीन सरकारको साथ नपाएको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए । प्रधानमन्त्री बनेपछि सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी भएको हो ।