April 19, 2026, Sunday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै

805

कल्की संवाददाता
२०८२ पुष २९

काठमाडौँ । नेपालमा भू–राजनीतिक खेल तीव्र भएकाबेला चिनियाँ उच्चस्तरीय टोली नेपाल आउने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्रास्ट्रिय विभाग अन्तरर्गत नेपाल मामिला प्रमुख झेङ युया नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो । प्रतिनिधि मण्डल ३ दिने भ्रमणका लागि आगामी साता नेपाल आउन लागेको हो ।

नेपालको राजनीतिक अवस्था तरल र जटिल मोडमा रहेको वेला हुन लागेको यो उच्चस्तरीय भ्रमणलाई महत्वकासाथ हेरिएको छ । जेनजी विद्रोहपछि नेपालमा पश्चिमा शक्तिको प्रभाव बढेको चीनको बुझाइ छ । चीनले नेपालका हरेक राजनीतिक दलहरुसँग समान व्यवहार गर्न चाहेको बताउँदै आएको छ ।