April 19, 2026, Sunday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

सुनको मूल्य तीन हजार रुपैयाँले घट्यो

565

कल्की संवाददाता
२०८२ फाल्गुन १

काठमाडौँ । सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ हजार रुपैयाँले घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ३४० रुपैयाँले घटेर प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६० हजार दुई सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४२८६.५० रुपैयाँ कायम भएको छ । सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।