April 19, 2026, Sunday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

गगन थापाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

885

कल्की संवाददाता
२०८२ माघ ३

नेपाली कांग्रेसको नवगठित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने भएको छ। सभापति गगन थापाले  नयाँ बानेश्वरको अर्पण ब्यांक्वेटमा बिहान साढे ११ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्।

विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई  शुक्रबारमात्रै निर्वाचन आयोगले मान्यता दिएको थियो।शनिबार बस्न लागेको केन्द्रीय समितिको बैठक दोस्रो हो।

यसअघि बिहीबार ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय कार्यसमिति बैठक बसेको थियो। शनिबार बिहानै बस्ने गरी पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि विघटित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए।