April 21, 2026, Tuesday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

रविले गरे नयाँ शक्तिबीच एकता गर्न कुलमान र बालेनलाई रास्वपाको सभापति बन्न अफर !

1.4K

कल्की संवाददाता
२०८२ पुष ६

काठमाडौँ  – जेलबाट बाहिर निस्किएका रवि लामिछानेले नयाँ शक्तिहरु मिल्नका लागि आफूले जुनसुकै पद त्याग गर्न तयार भएको भन्दै कुलमान घिसिङ र बालेन शाहलाई रास्वपाको सभापति बन्न अफर गरेका छन् । रविले नाम नलिएपनि पार्टी एकता र नयाँ शक्तिहरुको मिलनका लागि कुलमान र बालेनलाई सभापति बन्न अफर गरेका हुन् । परिवर्तन चाहने नयाँ शक्तिहरुबीच एकता गर्नका लागि रविले पहिलो नम्बरमा आफू रास्वपाको सभापति छाडेर अरुलाई नै बनाउँन तयार भएको घोषणा गरेका छन् । चितवनको सभामा सम्बोधन गर्दै रविले नयाँ शक्तिलाई एक ठाउँमा ल्याउँनका लागि आफू सभापति पद त्याग गर्न तयार भएको बताएका हुन् । चितवनको विशेष सम्बोधनमा रविले मिल्न पर्नेहरुसँग आफूहरु संवादमा रहेको बताएका छन् । देशलाई निकास दिनको लागि पार्टी, चुनाव चिन्ह्र, सभापति र उपसभापति सबै दिन तयार रहेको उद्घोष गरेका छन् । रास्वपाले चुनाव अघि नै कुलमान नेतृत्व उज्यालो नेपाल पार्टी र मेयर बालेनलाई रास्वपामा ल्याउँने योजना बनाएको छ। यसअघि पटकपटक छलफल गर्दा पनि सकारात्मक निष्कर्ष निस्कन नसक्दा कुलमानलाई रास्वपाले पार्टीमा प्रवेश गराउन असफल भएको थियो । तर, रवि जेलबाट रिहा भएसँगै नयाँ शक्तिहरुलाई मिलाएरै छाड्ने रणनीतिका साथ रास्वपाले विभिन्न पार्टी र व्यक्तिसँग छलफल गर्ने तिव्र तयारी गरिरहेको छ । वार्ताको प्राथमिकतामा कुलमान र बालेन रहेका छन् ।