April 21, 2026, Tuesday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

तीन ऐन संशोधन गर्न बनेका विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय

190

कल्की संवाददाता
२०८३ बैशाख ८

काठमाडौँ । सरकारले तीन वटा ऐन संशोधन गर्न बनेका विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेका विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त्रिको लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भूवनकुमार दहाललाई सदस्य तोकिएको छ ।