April 22, 2026, Wednesday
२०८३ बैशाख ९
Nepal 1:37:26 pm
Trending

मुलुक अझै अन्योलमा रहेकोले हटाऊन जरुरी : गोकुल बास्कोटा

425

कल्की संवाददाता
२०८२ फाल्गुन ७

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले मुलुक अझै अन्योलमा रहेको बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै  उनले देशको राजनीतिक स्थायित्व र प्रणालीगत अन्योलप्रति चिन्ता व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रजातन्त्र दिवसको शुभकामना दिए पनि ‘के मिलेन? किन स्थिर रहेन?’ भन्ने प्रश्न उठाएका छन्। बास्कोटाले प्रणाली स्थिर र व्यवहार गतिशील हुनुपर्ने धारणा राख्दै अहिले व्यवस्था जडताको शिकार बनेको बताएका छन्। ‘देश चुनावमय छ,’ उनले लेखेका छन्, ‘तर पूर्व राजाले चुनावबारे नै गम्भीर प्रश्न उठाएपछि अब के? न चुनाव, न पुनस्र्थापना? अन्योल हटाऊ।’