कल्की संवाददाता इरान । इरानको वायुसेनाले हमेदान प्रान्तमा प्रशिक्षण उडानका क्रममा आफ्नो एक विमान दुर्घटनाग्रस्त भएको र एक पाइलटको मृत्यु भएको जनाएको छ।
इस्लामिक रिपब्लिक अफ इरान एयर फोर्सको जनसंपर्क कार्यालयले मेहदी फिरोजमण्डको दुर्घटनामा मृत्यु भएको र दोस्रो पाइलट बाँच्न सफल भएको बताएको हो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको जनाइएको छ।







