April 19, 2026, Sunday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का ६ वैज्ञानिकसहित ११ कर्मचारी “सम्पर्कविहीन”

अध्ययन बिदा लिएदेखि अनुपस्थित उनीहरुलाई सेवाबाट हटाउने प्रक्रिया थालिएको छ ।

875

कल्की संवाददाता
२०८२ मंसिर १४

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का ६ वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरुलाई सेवाबाट हटाउने प्रक्रिया समेत थालिएको छ ।

अध्ययन बिदा लिएदेखि अनुपस्थित हुनेहरुमा वैज्ञानिकहरु अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी र दिनेश बाबु थापामगर छन् ।

यसैगरी डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि अनुपस्थित छन् ।

उनीहरु अध्ययन बिदामा बस्नुअघि बिदापछि हाजिर हुन आउने कबुलियतनामा गराएका थिए । तर कबुलियतनामाका सर्त समेत उल्लंघन गरेर हाजिर हुन नआएको परिषदले जनाएको छ ।
त्यसैले स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन परिषदले सार्वजनिक सूचना निकालेर अनुरोध गरेको छ । उनीहरुको नामावली सार्वजनिक गर्दै परिषदले सूचनामा लेखेको छ, ‘…परिषदको कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम ४० (२) (क)को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने ?’