अस्ट्रेलियाको सिड्नीबाट एकै महिनामा दशवटा शव नेपालमा, नेपाली विद्यार्थीको बढ्दो आत्महत्याले झस्कायाे
काठमाडौँ – उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूमा आत्महत्याको दर गम्भीर रूपमा बढ्दै गएको छ। पछिल्लो एक महिनामै अष्ट्रेलियाको सिडनी शहरबाट मात्र १० जना नेपाली विद्यार्थीको शव नेपाल पठाइएको तथ्य सार्वजनिक भएपछि नेपाली समुदाय स्तब्ध बनेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यु साउथ वेल्स संयोजक उषाकिरणका अनुसार ती सबै मृतक २३ देखि ३०...