बिचौलिया दीपक भट्टविरुद्ध छिट्टै मुद्दा : चार निकायको संयुक्त घेराबन्दी, अनुसन्धान अन्तिम मोडमा
वर्षौंदेखि विभिन्न आर्थिक अनियमिततामा मुछिँदै आएका चर्चित बिचौलिया तथा विवादास्पद व्यवसायी दीपक भट्टविरुद्ध राज्यका प्रमुख अनुसन्धान निकायहरू एकैैसाथ सक्रिय भएका छन् । सिआइबी, आन्तरिक राजश्व, राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ र सम्पत्ति शुद्धिकरण विभागले गरेको संयुक्त अनुसन्धान अब अन्तिम चरणमा पुगेको सरकारी स्रोत बताउँछ। प्रधानमन्त्री कार्यालयका अनुसार मंसिर महिनाभित्रै मुद्दा दायर गर्ने तयारीसहित प्रक्रिया तीव्र...