खसी–च्याङ्ग्रा खरिदबाट पछि हट्यो खाद्य कम्पनी, दसैँमा मूल्यवृद्धिको जोखिम
काठमाडौँ। दसैँमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी–च्याङ्ग्रा नल्याउने भएपछि बजारमा मासुको मूल्य अचाक्ली बढ्ने र उपभोक्ता थप मारमा पर्ने जोखिम बढेको छ । उपभोक्ता अधिकारकर्मीका अनुसार सरकारी स्वामित्वको संस्थाले खसी–च्याङ्ग्रा आपूर्तिबाट हात झिक्दा खुला बजारमा व्यापारीहरूको एकाधिकार र मनोमानी झन् बढ्ने चिन्ता व्यक्त गरेका हुन्। बजार मूल्य नियन्त्रण गर्न विगतका वर्षहरूमा...