बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण नेपालमा लागू गरिने
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरणलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा अवलम्बन गर्ने भएको छ। संयुक्त राष्ट्रसंघीय तथ्याङ्कीय आयोगले मार्च २०२६ मा अनुमोदन गरी कार्यान्वयनका लागि सिफारिस गरेको बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरणलाई राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा लागू गर्न आवश्यक प्रारम्भिक काम अघि बढाउने जनाएको हो। युनिसेफले विकास गरेको उक्त वर्गीकरणले विभिन्न कारणले...