June 12, 2026, Friday
२०८३ जेष्ठ २९
Nepal 1:37:26 pm
Trending

नौ अर्ब ३५ करोड लगानी गर्दै राष्ट्र बैंक

665

कल्की संवाददाता
२०८२ फाल्गुन ४

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नौ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ। एक वर्ष अवधिका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकमलाई लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ।राष्ट्र बैंकले सूचना जारी गर्दै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपको रुपमा उक्त रकम राख्न चाहेको उल्लेख गरेको छ।

वाणिज्य बैंकका लागि सात अर्ब ४८ करोड, विकास बैंकका लागि एक अर्ब ४० करोड २५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीलाई ४६ करोड ७५ लाख रूपैयाँ राष्ट्र बैंकले छुट्याएको छ। निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप लगानीको ८ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा (एनपीएल) हुन नहुने सर्त राष्ट्र बैंकले तोकको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले फागुन ८ गते साँझ ७ बजेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ।