कल्की संवाददाता काठमाडौँ । सम्माननीय राष्ट्रपति ले प्रतिनिधिसभाका सचिव लाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार सम्माननीय सभामुख को २०८३ वैशाख २८ गतेको सिफारिसमा सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ड) बमोजिम राईलाई प्रतिनिधिसभाको सचिव पदबाट हटाइएको हो। राष्ट्रपतिबाट भएको निर्णयअनुसार हर्कराज राई २०८३ वैशाख २९ गतेदेखि लागू हुने गरी पदमुक्त भएका छन्। यस निर्णयसँगै सङ्घीय संसद् सचिवालयमा प्रतिनिधिसभा सचिव पद रिक्त भएको छ। पदमुक्तिको कारणबारे भने राष्ट्रपति कार्यालयले थप विवरण सार्वजनिक गरेको छैन।








