June 12, 2026, Friday
२०८३ जेष्ठ २९
Nepal 1:37:26 pm
Trending

वीरगञ्जमा सशस्त्र प्रहरी माथि आक्रमण गर्ने ६ जना पक्राउ

690

कल्की संवाददाता
२०८२ फाल्गुन २

पर्सा । वीरगञ्जमा सशस्त्र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित घडिअर्वाका ४६ वर्षीय प्रमोदकुमार कानू, वीरगञ्ज–१ स्थित छप्कैयाका ३८ वर्षीय दीपराज सहनी मलाह, वीरगञ्ज– १० का २० वर्षीय कुञ्जन सर्राफ, भारतको बिहारस्थित रक्सौलका ४० वर्षीय प्रभु महतो, भारतकै भागलपुर पोडियाका ३५ वर्षीय पृतमकुमार चौधरी र पर्साको विन्दवासिनी गाउँपालिका–५ का ५५ वर्षीय श्रीचन्द्रप्रसाद साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आरोपितहरुलाई पक्राउ गरेर ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले बताए । उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको डीएसपी बस्नेतले बताए ।

गत माघ २६ गते वीरगञ्ज– १० आदर्शनगरस्थित रुञ्चे मदन भनिने मदन गुप्ताको गोदाममा सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हान्दा उनीहरूले ढुंगामुडा गरेका थिए ।