April 19, 2026, Sunday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

राजेन्द्र महतोको पार्टिबाट उपेन्द्र यादवको पार्टीमा फर्किए कार्यकर्ता

700

कल्की संवाददाता
२०८२ माघ २१

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति मोर्चा पार्टी परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। सप्तरीबाट जनकपुरधाम आएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई एक कार्यक्रममार्फत औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेश गर्ने नेताहरूमा संजय कुमार चौधरी, बैद्यनाथ कुमार सिंह, विजय कुमार राम, नितु यादव, अशोक ठाकुर, राजाराम कापर, किशुन नायक, पुलक यादव, फुलो देवी पासवान, रामचन्द्र दास र बरतुन पासवान रहेका छन्। यसैगरी शंकर कुमार पासवान, बिरेन्द्र पासवान, जीवन कुमार साह, चन्द्रिका मण्डल, प्रकाश ठाकुर, दिनेश साह, इन्द्रजीत दास र राजु कुमार चौधरी जिल्ला उपाध्यक्ष तथा सदस्यको रूपमा जसपा नेपालमा समाहित भएका छन्।

पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ता, श्रम तथा यातायात मन्त्री मनिष कुमार सुमन, युवा नेता प्रशान्त झा, शत्रुधन यादव तथा पार्टीका सूचना विभाग प्रमुख जितेन्द्र यादवलगायत नेताहरूको उपस्थिति रहेको थियो। नवप्रवेशी नेताहरूले जसपा नेपालको नीति, विचार र नेतृत्वबाट प्रभावित भएर पार्टीमा प्रवेश गरेको बताएका छन्। उनीहरूले मधेशको अधिकारको आन्दोलनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।