April 25, 2026, Saturday
२०८३ बैशाख १२
Nepal 1:37:26 pm
Trending

नेपालले महिला टी-२० विश्वकप अन्तर्गत आज स्कटल्यान्डविरुद्ध पहिलाे बलिङ गर्ने

805

कल्की संवाददाता
२०८२ माघ १२

काठमाडौँ । काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले समूह चरण अन्तर्गत आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध पहिला बलिङ गर्ने भएको छ।

सोमबार त्रिवि क्रिकेट मैदान टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको हो। केहीबेरमा सुरु हुने खेलमा नेपालआज जित्नै पर्ने दबाबमा छ। नेपालले समूह चरण अन्तर्गत हालसम्म तीन खेल खेल्दा दुईमा हार ब्यहोरेको छ भने एक खेलमा विजयी हासिल गरेको थियो।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा, कविता जोशी रहेका छन्।