June 12, 2026, Friday
२०८३ जेष्ठ २९
Nepal 1:37:26 pm
Trending

ट्रम्प निवासमा जबरजस्ती छिर्न खोज्नेलाई गाेलीहानी मारियो

860

कल्की संवाददाता
२०८२ फाल्गुन ११

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास परिसरमा प्रवेश गरेका एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेको छ । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने उनको परिवारका सदस्य फ्लोरिडास्थित घरमै थिए । उनीहरू सुरक्षित रहेको अधिकारीहरूले बताएका छन् ।

स्थानीय सुरक्षा अधिकारीका अनुसार उक्त व्यक्तिलाई अमेरिकी स्टेट सिक्रेट सर्भिसका एजेन्ट र पाम बीच काउन्टी शेरिफका सुरक्षा अधिकारीहरूले रोक्ने प्रयास गरेका थिए । शुरूमा सुरक्षाकर्मीले ती व्यक्तिलाई हतियार छोड्न आदेश दिएका थिए । तर, उनले पेट्रोलको डिब्बा भुईंमा राखे पनि शटगन चलाउन खोजेपछि गोली चलाउनुपरेको पाम बीच काउन्टीका शेरिफ रिक ब्रेडशाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार घटनास्थलबाट एक पेट्रोलको डिब्बा र शटगन बरामद भएको छ । घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन् । मृतक २० वर्षीय र उत्तरी क्यारोलिनाका बासिन्दा थिए । उनको पहिचान अझै सार्वजनिक गरिएको छैन । ट्रम्पको सुरक्षामा पहिले पनि त्रुटिहरू भएका छन् । जुलाई १३, २०२४ मा ट्रम्पलाई र्‍यालीको क्रममा एक आक्रमणकारीले गोली हानेको थियो । उनी त्यतिबेला राष्ट्रपति थिएनन् । यो आक्रमण राष्ट्रपति चुनावको चार महिनाअघि मात्र भएको थियो ।