April 19, 2026, Sunday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

१ करोड ३६ लाख तीन सातामा नै कमायो बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’ ले

520

कल्की संवाददाता
२०८२ माघ १९

काठमाडौँ । बल्छी धुर्बे निर्देशित फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको तीन सातामा १ करोड ३६ लाख कमाउन सफल भएको छ । प्रदर्शनको दोस्रो शनिबारसम्म फिल्मको कुल कमाइ १ करोड १४ लाख ३५ हजार नेरु ग्रस रहेको थियो । फिल्मले तेस्रो शनिबारसम्म आफ्नो आम्दानी १ करोड ३६ लाख २० हजार ८६६ पुर्‍याएको छ । यो अवधिमा फिल्मको टिकट भने ४८ हजार ५३ वटा बिक्री भएका छन् ।

निर्देशक श्रेष्ठकै लगानी र मुख्य भूमिका समेत रहेको फिल्ममा वर्षा शिवाकोटी, पूजन घिमिरे ‘पुकु’, पदम तामाङ, सीतादेवी तिमल्सिना लगायतको अभिनय छ । आमाको सपना पूरा गर्न गाउँदेखि सहरमा आएको पात्रले गर्ने सङ्घर्ष र उतार चढावको कथावस्तु यसमा समावेश छ ।