April 23, 2026, Thursday
२०८३ बैशाख १०
Nepal 1:37:26 pm
Trending

हात्तीको आक्रमणबाट मोरङमा एकको मृत्यु

835

कल्की संवाददाता
२०८२ फाल्गुन २२

मोरङ- बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका-११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा  ज्यान गएको हो। बिहीबार साँझ घाँसदाउरा लिएर जङ्गलबाट फर्कने क्रममा तामाङलाई हात्तीले आक्रमण गरेको हो।

घटनापछि आफन्त साथै स्थानीयले खोजी गर्ने क्रममा बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटरभित्र पर्ने सिर्जना सामुदायिक वन क्षेत्रमा तामाङको शव फेला परेको प्रहरी प्रमुख गिरीले बताए।