April 21, 2026, Tuesday
२०८३ बैशाख ९
Nepal 1:37:26 pm
Trending

सुनको मूल्य हालसम्मकै उच्च पुग्यो, चाँदीको भाउमा पनि वृद्धि

1.1K

कल्की संवाददाता
२०८२ पुष १

काठमाडौं –  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार साेमबार प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७ सय पुगेको छ । आइतबार २ लाख ५८ हजार ८ सय थियो । पछिल्लो समय सुनको मूल्य दैनिकजसो बढेको छ ।

यस्तै चाँदीको भाउ पनि वृद्धि भएको छ । चाँदी साेमबार प्रतितोला चाँदीको मूल्य ३ हजार ८ सय ७० कायम भएको महासंघले जनाएको छ । पछिल्ला दिनहरूमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि उच्च बिन्दुको यात्रामा पुगिरहेकोले नेपाली बजारमा पनि मूल्य बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्यमा भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर नेपालमा मूल्य तय गरिन्छ । नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासंघलाई छ।

आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ । हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ ।