कल्की संवाददाता रामेछाप —नेपाली काँग्रेसले रामेछापमा पूर्व जिल्ला पार्टी सभापति रामचन्द्र खड्कालाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाएको छ।नेपाली काँग्रेस रामेछापले खड्का, अहिलेका जिल्ला पार्टी सभापति एवंपूर्व ऊर्जा, जलस्रोततथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) सहित १० जनाको नामकेन्द्रमा सिफारिस गरेको थियो। तीमध्ये खड्का र तामाङसहित पाँच जनाको नाम चर्चामाथियो।
जिल्ला स्तरमा भने पूर्व राज्यमन्त्री तामाङले टिकट पाउने व्यापक चर्चाथियो। तर पार्टीको केन्द्रीय समितिले सोमबार रातिपुराना नेता तथा पूर्व जिल्ला सभापति खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेकोनेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले जानकारी दिए। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेकोरामेछापमा नेकपा एमालेले युवा नेता माधवप्रसाद ढुंगेललाई उम्मेदवार बनाइसकेको छ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाटपूर्व राज्यमन्त्री श्यामकुमार श्रेष्ठ उम्मेदवार बनेका छन् भने राष्ट्रियस्वतन्त्र पार्टी (रास्वपा) ले डा. कृष्णहरि बुढाथोकीलाई मैदानमा उतारेको छ। चार प्रमुख दलका उम्मेदवार तय भएसँगै रामेछापमाचुनावी सरगर्मी बढेको छ ।







