कल्की संवाददाता काठमाडौँ। सुनसरीमा नक्कली नोटसहित १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा इनरुवा नगरपालिका १० का २५ वर्षीय बहिस मियाँ छन् ।उनलाई सुनसरीको हरिनगर गाउँपालिका १ स्थितबाट नक्कली नेपाली रुपैयाँ १ हजार दरका २८ थान नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मियाँले माघ २१ गते राति हरिनगर १ स्थित किराना पसलमा समान खरिद गर्दा नक्कली नोट दिएको भनि पसल धनीले प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले मियाँलाई नियन्त्रणमा लिएको थियो । उनको शरीर खानतलासी गर्दा उक्त नक्कली नोट बरामद भएको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







