April 21, 2026, Tuesday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

वडा सदस्यको भीरबाट लडेर मृत्यु

270

कल्की संवाददाता
२०८२ चैत्र १३

काठमाडौँ । चुरे गाउँपालिका-५ भासु गाउँमा भिरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो। उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो। यो घटना गए रातिको हो।