कल्की संवाददाता प्युठान । प्युठानको मल्लरानी गाउँपालिका २ मधुगैराबाट एकनाले भरुवा बन्दुक १ थानसहित सोही ठाउँ बस्ने ५८ वर्षीय डानकबहादुर सार्कीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौली चुजाठाँटीबाट खटिएको प्रहरीले उनको घर नजिकै तोरीको कुनिउँमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







