कल्की संवाददाता काठमाडौँ । देशका विभिन्न भागबाट लागुपदार्थसहित नौ जना पक्राउ गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार इलाम, झापा, सुनसरी, नवलपरासी पूर्व र कैलालीबाट उनीहरू बुधबार पक्राउ परेका हुन् ।
खैरो हेराइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र पाइने औषधिसहित उनीहरू पक्राउ परेका हुन् । सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शङ्का लागेर जाँच गर्दा उनीहरूबाट प्रतिबन्धित पदार्थ बरामद भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ







