April 23, 2026, Thursday
२०८३ बैशाख १०
Nepal 1:37:26 pm
Trending

नेपाल प्रहरीका १० एसपी बढुवा सिफारिसमा

930

कल्की संवाददाता
२०८२ पुष २४

काठमाडौं । नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा  सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले बैठकले पुस २३ गते प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेकोे हो ।पहिलो नम्बरमा विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी भएका राम प्रकाश शाह बढुवा सिफारिस भएका छन् ।

त्यसपछि क्रमश: भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल बढुवाको सिफारिसमा परेका छन् । यसैगरी दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा बढुवा सिफारिस भएका छन् ।