April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

इरानका वरिष्ठ नेता खामेनी इजरायल र अमेरिकी आक्रमणमा मारिए

645

कल्की संवाददाता
२०८२ फाल्गुन १७

काठमाडौँ । इरानले अमेरिका-इजरेली आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका पुष्टि गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमले अमेरिका र इजरेली आक्रमणमा परी सर्वोच्च नेता खामेनी, खामेनीकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएकाे जनाएको छ । इरानको सरकारी टेलिभिजनले सर्वोच्च नेताको निधनमा मुलुकभर ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको जनाएको छ।

८६ वर्षीय इस्लामिक धार्मिक नेता खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेता पदमा आसीन थिए । वर्तमान इस्लामिक गणतन्त्रका संस्थापक आयतोल्लाह रुहोल्लाह खामेनीको निधनपछि उनको उत्तराधिकारीका रूपमा अलि खामेनी आएका हुन् । सन् १९७९ मा रुहोल्लाह खामेनीको नेतृत्वमा भएको क्रान्तिले अमेरिकानजिक रहेका तत्कालीन राजा मोहम्मद रेजा पहलवीलाई अपदस्थ गरेको थियो । इरानको शासन संरचनाअनुसार सरकारका सबै शाखा, सेना र न्यायपालिकामाथि सर्वोच्च नेताको अधिकार रहन्छ । राजनीतिक अधिकारका अतिरिक्त सर्वोच्च नेता देशको आध्यात्मिक नेता पनि हुन् ।

इस्लामिक गणतन्त्र स्थापनापछिको दोस्रो सर्वोच्च नेता रहेका खामेनीले आफ्नो शासनकालमा निरन्तर पश्चिमको विरोधको सामना गर्नुपरेको थियाे । यसअन्तर्गत इरानले कठोर प्रतिबन्ध सामना गर्दा उसको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । खामेनीले भने अमेरिकालाई इरानको ‘नम्बर एक शत्रु’ मान्दै आएका थिए भने इजरायललाई दोस्रो ।