April 23, 2026, Thursday
२०८३ बैशाख ११
Nepal 1:37:26 pm
Trending

आज सुनको मूल्य १३ सयले बढ्यो

445

कल्की संवाददाता
२०८२ फाल्गुन १२

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा परिवर्तन देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँ बढेर तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुन प्रतितोला तीन लाख १३ हजार ५०० रुपैयाँ पुगेको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य भने केही घटेको छ। सोमबार प्रतितोला पाँच हजार ५९५ रुपैयाँ रहेको चाँदी मंगलबार १० रुपैयाँ घटेर पाँच हजार ५८५ रुपैयाँ कायम भएको छ।