April 21, 2026, Tuesday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

अमेरिकी नाकाबन्दी युद्धविरामको उल्लंघन हो- इरान

350

कल्की संवाददाता
२०८३ बैशाख ६

काठमाडौँ । इरानले आफ्ना बन्दरगाहहरूमा जारी अमेरिकी नाकाबन्दीलाई युद्धविराम सर्तको उल्लंघन भएको जनाएको छ ।यसअघि यही महिनाको शुरूआतमा इरान र अमेरिकाबीच दुई हप्ते सर्तसहितको युद्धविराममा सहमति भएको थियो, जसअनुसार होर्मुज जलडमरूबाट जहाजहरूको आवागमनलाई अनुमति दिने सहमति गरिएको थियो ।

तर, अहिले इरानले उक्त महत्त्वपूर्ण समुद्री मार्ग पुनः बन्द गरेको छ । इरानी नौसेनाले अमेरिकी नाकाबन्दी नहटेसम्म जलडमरू बन्द नै रहने स्पष्ट पारेको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)को नौसेनाले जारी गरेको पछिल्लो वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूबारे दिएका अभिव्यक्ति मान्य नहुने दाबी गरिएको छ ।

यद्यपि उक्त टिप्पणी ट्रम्पका कुन विशेष भनाइतर्फ लक्षित हो भन्ने स्पष्ट गरिएको छैन । शनिबार ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानी नेतृत्व जलडमरू बन्द गर्न चाहेको आरोप लगाउँदै अमेरिका त्यस किसिमको दबाब स्वीकार नगर्ने बताएका थिए ।