सहकारीको रकम ल्याउन रविको संलग्नता नदेखिएकोले संगठित अपराध भन्न नमिल्ने महान्यायाधिवक्ताको निष्कर्ष
काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम अपचलन गरी गोर्खा मिडिया नेटवर्कमा ल्याउने प्रक्रियामा संलग्न नभएको निष्कर्ष निकालेको छ। विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाहरूमा अभियोगपत्र संशोधन गर्ने अनुमति दिँदै महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर पुष्टि हुने आधार नदेखिएको ठहर गरेको हो। महान्यायाधिवक्ता कार्यालयद्वारा जारी...