June 15, 2026, Monday
२०८३ असार २
Nepal 1:37:26 pm
Trending

लालबन्दी चुरे क्षेत्रमा गरिएको अवैध गाँजाखेती प्रहरीद्वारा नष्ट

745

कल्की संवाददाता
२०८२ पुष २२

सर्लाही। लालबन्दी नगरपालिका–१४ र १५ स्थित विभिन्न गाउँमा क्षेत्रमा लगाएको गाँजा प्रहरीले सोमबार नष्ट गरेको हो। चुरे क्षेत्रको शिर कालिन्जोर, सिरुडाँडा, ब्लोन टोललगायत स्थानमा रूपमा लगाएको दुई लाख बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

जिल्लाको चुरे क्षेत्रमा प्रहरीले मङ्सिरदेखि नै अवैध गाँजाखेती फडानी अभियान चलाएको छ। “उक्त क्षेत्रमा गाँजाखेती भइरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो”, उनले भने, “नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४० जनाको टोलीले १३ बिघाको गाँजाका बोट फडानी गरेर फर्किएका छन्।”

अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले लुकाइछिपाइ गरेको गाँजाखेती खोजी र नष्ट गर्ने काम गरिरहेको प्रहरी नायब उपरीक्षक राईले बताए। तथ्याङ्कअनुसार जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा ९४.५ बिघा गाँजाखेती नष्ट गरिसकेको छ।