कल्की संवाददाता काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी तोकेका छन् ।
उनले प्रधानमन्त्री शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले बुधबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएकाले उनले सम्हाल्दै आएका मन्त्रालयको कार्यभारसमेत प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।







