April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

गृहमन्त्री गुरुङमाथि छानबिन गर्न कांग्रेसको माग

390

कल्की संवाददाता
२०८३ बैशाख ७

काठमाडौँ । प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न माग गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री गुरुङमाथि विभिन्न प्रश्न उठेको भन्दै छानबिनको माग गरेका हुन् ।

गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरण सार्वजनिक चासो मात्र नभएर राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न भएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘…यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो । त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ‚’ विज्ञप्तिमा लेखिएको छ ।

साथै कांग्रेसले सरकारसमक्ष स्पष्ट माग गर्दै थप लेखेको छ– ‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस् । यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउनेछ।’​

विज्ञप्तिमार्फत् कांग्रेसले पार्टी सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढतापूर्वक उभिएको भन्दै भविष्यमा पनि उभिरहने स्पष्ट पारेको छ ।

null